Shikhar Insurance
National Life

कम्पनी नै तोकेर पुँजी वृद्धि गर्न समितिले थाल्यो आन्तरिक अध्ययन, ४ महिना भित्रै निर्देशन दिइने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले कम्पनी नै तोकेर चुक्ता पुँजी बढाउने भएको छ । समितिले व्यवसायीक जोखिम तौलिएर कम्पनी नै तोकेर पुँजी बढाउने प्रक्रिया अघि बढाएको हो ।
जसका लागि आन्तरिक रुपमै अध्ययन शुरु गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । हाल समितिले जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । जुन कम्पनीहरुले र्पुयाएर नै बीमा व्यवसाय गरिरहेका छन् ।

समितिले यसअघिनै कम्पनीहरुलाई हकप्रद रोकी व्यवसायको जोखिम मापन गर्दै गरी चुक्ता पुँजी बढाउन अध्ययन कमिटी गठन गरेको थियो । सो कमिटीले अध्ययन प्रतिवेदन समेत बुझाइ सकेको छ । सो अध्ययन प्रतिवेदनले औल्याएको विषयहरुमा छलफल चलिरहेको कार्यकारी निर्देशक पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘कम्पनीहरुलाई बलियो बनाउन व्यवसायीक जोखिमको आधारमा पुँजी बढाउन लगाउने तयारी गरिएको हो,’ पौडेलले सिंहदरबारसँग भने, ‘यसका लागि ‘रिक्स बेस्ड क्यापिटल फ्रेमवक तयारी गरी आन्तरिक छलफल समितिमा भइरहेको छ, यही आव भित्रै काम पुरा भइ कम्पनीलाई सोही अनुसारको निर्देशन जारी गरिन्छ ।’

लामो समय देखि समितिले विश्व बैंकको सहकार्यमा ‘रिक्स बेस्ड क्यापिटल फ्रेमवर्क’ खाकाको तयारी समिति र विश्व बैंकका टिमले अध्ययन गरिरहेको छ । हाल सोही टिमले बुझाएको अध्ययन प्रतिवेदनमा समितिले आन्तरिक छलफल शुरु गरेको हो ।

समितिले रिस्क बेस्ड क्यापिटलको अवधारणा ल्याएर न्यूनतम पुँजीमा क्षमताभन्दा बढी व्यवसाय गर्ने कम्पनीहरुको पुँजी बढाउने तयारी गरेको हो । रिस्क बेस्ड क्यापिटलको नीति लागू भएसँगै कम्पनीहरुले व्यवसायीक जोखिम जति छ, त्यहीअनुसारको पुँजी भएमा व्यवसाय गर्न पाउने पौडेलको भनाइ छ ।

‘पुँजीभन्दा बढी जोखिम लिएर व्यवसाय गर्ने हो भने समितिले तोकेकोमा पुँजी थप गर्नुपर्छ,’–उनले भने ।

समितिले हाल विश्व बैंकसँग दैनिकरुपमा रिस्क बेस्ड क्यापिटल फ्रेमवर्क सम्बन्धि अध्ययन गरिरहेको छ । अध्ययन समाप्त भएपछि कम्पनीहरुसँग रिक्स बेस्ड क्यापिटल फ्रेमवकमा छलफल हुनेछ । त्यसपछि समितिले रिक्स बेस क्यापिटलको कार्यविधि तयार गर्नेछ ।

समितिले कार्यविधि जारी गरेपछि बीमा कम्पनीहरुले व्यावसायिक जोखिमको आधारमा पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । समितिले आधारभुत चुक्तापुँजी र सोही अनुसारको व्यवसायको आकार तोक्नेछ भने कम्पनीहरुले समितिले निर्धारण गरेको पुँजीभन्दा बढी जोखिम लिएर व्यवसाय बढाउनुपर्दा सोहीअनुसारको पुँजी थप गर्नुपर्ने छ । अर्थात् चुक्ता पुँजी १ अर्ब वा २ अर्ब रुपैयाँ रुपैयाँ भएका कम्पनीहरुले गर्ने व्यवसायीक जोखिमको मापन समितिले गर्ने छ ।

पौडेलको भनाइअनुसार चालु आवमै रिस्क बेस्ड क्यापिटलको फ्रेमवक तयार भए आगामी आवदेखि थोरै पुँजी लिएर अर्बौको बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई समितिको सो गर्न रोक लगाउने छ ।
व्यवसायीक मापनभन्दा बढी व्यवसायीक भार उठाउने हो भने कम्पनीले समितिलाई निवेदन दिएर तोकिएको पुँजी थप गरेरमात्र थप व्यवसाय गर्न पाउनेछन् ।

कम्पनीहरुको आधार पुँजी अहिलेकोमा थप गर्ने या सोही कायम गर्ने अध्ययन पछि नै तय हुन्छ तर अहिलेसम्म भने जीवन बीमाको हकमा ४ अर्ब र निर्जीवन बीमा कम्पनीको हकमा २ अर्ब रुपैयाँँ तोक्ने बिषय उठान भएको समिति स्रोतको भनाइ छ ।

‘समितिले तोकोको भन्दा बढी पुँजी र्पुयाएका कम्पनीले पनि थप पुँजी वृद्धि गर्नु पर्ने हुन्छ, त्यो कतिले थप गर्ने समितिले तय गर्छ ।’

कम्पनीहरुको बीमा व्यवसाय जोखिम, लगानी जोखिमदेखि लिएर कम्पनीहरुले दिएको कर्जा जोखिम मुल्यांकन गरी समितिले प्रत्येक कम्पनीहरुलाई थप पुँजी वृद्धिको निर्देशन दिने स्रोतको भनाइ छ ।

समितिले जोखिममा आधारित पुँजी वृद्धिको अवधारण ल्याए नै हकप्रदमार्फत् पुँजी वृद्धि गर्न रोक लगाएको समिति स्रोतले जानकारी दियो । विश्व बैंकसँगको सहकर्य समाप्तपछि कम्पनीहरुसँग थप छलफल गरी ‘रिस्क बेस क्यापिटल’ कार्यविधि समितिले जारी गर्नेछ ।

जुन समितिको चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने कार्यक्रम हो । तर, कार्यविधि निर्माण भएर आगामी आवको पहिलो त्रैमाससम्म मात्र लागु गर्न सकिने स्रोतको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्