Shikhar Insurance
National Life

एकै दिन २ हजारले बढेर सुनको मूल्य एक लाख एक हजार ९ सय पुग्यो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु एकैदिन प्रतितोला दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला ९९ हजार ४०० तोकिएको थियो ।

त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आइतबार नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्