Shikhar Insurance
National Life

युक्रेनलाई अमेरिकाले आर्थिक प्याकेज दिने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २२, आईतवार १०:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई आर्थिक सहायता दिने प्रस्ताव अघि सारेका छन् । उनले अमेरिकी काँग्रेसमा युक्रेनलाई आर्थिक प्याकेज उपलब्ध गराउने प्रस्ताव गरेका हुन् ।

युद्धग्रस्त युक्रेनका राष्ट्रपति वोलोदिमीर ज़ेलेंस्कीसँग पनि बाइडेनले शनिबार टेलिफोन वार्ता गरि सहयोग उपलब्ध गराउने बताएका थिए । व्हाइट हाउसका तर्फबाट जारी बयान अनुसार युक्रेनी राष्ट्रपति ज़ेलेंस्की की यूक्रेनको नो–फलाई ज़ोन बनाउने प्रस्ताव पनि थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर अमेरिकाले नो फ्लाईजोन भन्दा पनि रुसी कम्पनी र व्यवसायीहरुमाथि प्रतिबन्ध लगाउने अस्त्र प्रयोगलाई जोड दिने बताउँदै आएको छ । अमेरिकासहितका पश्चिमा देशहरुले युक्रेनलाई हतियार, उपकरण, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने बताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्