Shikhar Insurance
National Life

आईजीआईको हकप्रद सेयर आजदेखि बिक्रि खुला

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २२, आईतवार ०८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड(आईजीआई)को हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर ४ कित्ता नयाँ सेयरको अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको थियो । सोही अनुमति बमोजिम ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता सेयर निष्काशन गरेको हो ।

माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद सेयर किन्न सक्नेछन् । हकप्रदमा चैत १३ गतेसम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको कम्पनीको हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्