Shikhar Insurance
National Life

माओवादी केन्द्रबाट अलग हुने नारायणकाजी समुहको निष्कर्ष

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ समुहले पार्टीबाट अलग हुने निष्कर्ष निकालेको छ । बुधबार राजधानीमा उपलब्ध केन्द्रिय नेताहरुको आन्तरिक छलफलले माओवादी केन्द्रबाट अगल हुने निष्कर्ष निकालेको हो ।

‘अब माओवादी केन्द्रमा बस्नुको औचित्य छैन्, कम्युनिष्ट आन्दोलन र विचारको रक्षाका लागि हामीले बिद्रोह गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौं’, श्रेष्ठ निकट एक नेताले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार श्रेष्ठ निकट २० भन्दा बढी केन्द्रिय सदस्यहरुको भेलामा माओवादी केन्द्रमा रहेरै संघर्ष गर्ने वा नयाँ पार्टी बनाउने विषयमा छलफल भएको थियो । ‘छलफलमा सहभागी अधिकांश नेताहरुको जोड नयाँ पार्टी बनाउनुपर्नेमै थियो’, ति नेताले सिंहदरबारसँग भने ।

पछिल्लो केहि समयदेखि श्रेष्ठ समुहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग असन्तुष्ठ थियो । उनीहरुले पार्टीबाट बिद्रोहका लागि उपयुक्त अवसर खोजिरहेका थिए । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने प्रचण्डको निर्णयलाई उनीहरुले बिद्रोहको मार्ग प्रशस्तका रुपमा लिएका छन् ।

पूर्व एकता केन्द्र मसालका अधिकांश नेताहरु श्रेष्ठसँगै नयाँ पार्टीमा जाने बताईन्छ । माओवादी केन्द्रमा पूर्व एकता केन्द्रका करिब ३० जना केन्द्रिय सदस्य रहेका छन् । सांसद र अन्य राजकिय पदहरु छाडेरै आन्दोलन जोगाउने अभियानमा लाग्नुपर्ने सुझाव उनीहरुले श्रेष्ठलाई दिएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्