Shikhar Insurance
National Life

अब देशभित्र एक पटकमा २५ हजार मात्रै रेमिटेन्स पठाउन पाइने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा रु एक लाखसम्म थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्