Shikhar Insurance
National Life

माओवादी छाड्दै नारायणकाजी, छुट्टै पार्टी की विचार मिल्नेसँग एकता भन्नेबारे छलफल

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को दोश्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोड्ने निधो गरेका छन् । पूर्व एकता केन्द्रका महासचिव रहेका श्रेष्ठले माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टी एकता गरेका थिए ।

एमसीसीमा प्रचण्डसँग मतभेद बढेपछि उनी पार्टीबाट अलग हुने निष्कर्षमा पुगेका हुन् । ‘केहि समय अघि देखि नै प्रचण्डहरुसँगै बस्न सकिन्न भन्ने निष्कर्ष थियो, एमसीसीले बिद्रोहका लागि बाटो खोलिदियो, अब नयाँ पार्टी बन्छ होला ।’, श्रेष्ठ निकट एक युवा नेताले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

श्रेष्ठसँगै गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल लगायतका दुई दर्जन जति केन्द्रिय नेताहरुले माओवादी केन्द्र छाड्ने तयारी थालेका छन् ।
एमसीसी बिरोधी कम्युनिष्ट घटकहरुको छुट्टै पार्टी बनाउनेबारे पनि छलफल अघि बढेको छ ।

श्रेष्ठले नेत्र बिक्रम चन्द‘विप्लब’सँग भेट गरिसकेका छन् । उता, मोहन बैद्य, गोपाल किराती, आहुति, सीपी गजुरेल लगायतसँग पनि आन्तरिक छलफल सुरु भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्