Shikhar Insurance
National Life

इन्धनको मूल्य फेरि बढ्दै, निगम भन्छः भएको पैसा सबै सकियो, ऋण नलिइ विकल्प छैन

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १७, मंगलवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगम तेलको मूल्य बढाउनै पर्ने स्थितिमा पुगेको छ । इन्डियन आयल कर्पोरेसनले १५-१५ दिनमा मूल्य सूची पठाउने गरेकामा यो पल्ट इन्धनको भाउ अझै बढाएर पठाएपछि निगमलाई तेलको भाउ बढाउनुपर्ने बाध्यता भएको हो ।

निगमका अनुसार भारतले पेट्रोलको भाउ ३.८९ रूपैयाँ, डिजेलको ३.०८ रूपैयाँ, मट्टितेलको १०.३० रूपैयाँ, हवाइ इन्धनको ३.३२ रूपैयाँ र ग्यासको ९९.१७ रूपैयाँले भाउ बढाएर पठाएको छ । भारतबाट प्राप्त मूल्यसूचीअनुसार निगमले १५-१५ दिनमा नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि फागुन ७ गते प्रतिलिटर ३-३ रूपैयाँले तेलको भाउ बढेको थियो । आज भोलि नै निगमले सोहीदरमा इन्धनको मूल्य बढाउने तयारी भइरहेको निगम स्रोतले बतायो । यो पल्ट ग्यासको पनि मुल्य बढ्नेछ ।

हाल कायम बिक्री मूल्यसूची र प्राप्त नया खरिद अनुसार निगमलाई पेट्रोलमा २०.५२ रूपैयाँ, डिजलमा १६.०८ रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रूपैयाँ घाटा हुनेछ । मट्टितेल र हवाइ इन्धनमा नाफा भएपनि अन्य इन्धनको घाटा पूर्ति गर्न सम्भव छैन ।

यसकारण भाउ नबढाए निमगलाई आउने १५ दिनमा ३ अर्ब ९ करोड रूपैयाँ घाटा हुनेछ ।

निगमले चालु आवमा २८ अर्ब रूपैयाँ नोक्सानी बहोरिसकेको छ । हालसम्म सञ्चिति मुनाफा र मूल्य स्थिरीकरण कोषबाट झिकेर भारतलाई पैसा तिर्दै आएको निगम तेल किन्न ऋण लिनुपर्ने स्थितिमा पुगेको छ ।

ऋण नलिए तेल किन्ने पैसा निगमसँग हुने छैन । निगमले भनेको छ, “मूल्य समायोजन गर्दा पनि प्रति महिना ६ अर्ब रूपैयाँ भन्दा बढी नोक्सानी हुने स्थिति पैदा भएको छ । सो बराबरको रकम ऋण लिनुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्