Shikhar Insurance
National Life

रूबेल अवमूल्यन भएसँगै रूसले ब्याजदर दोब्बरभन्दा बढी बनायो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १६:१४
Hyundai
NCELL
NIMB

एजेन्सी । रूसले बैंक ब्याजदर दोब्बरभन्दा बढीले बढाएको छ । रूसी मुद्राको विनिमय दर ३० प्रतिशतले खस्किएसँगै द बैंक अफ रसियाले ब्याजदर ९.५ प्रतिशतबाट २० पुर्‍याएको हो ।

पश्चिमा मुलुकको प्रतिबन्धपछि रूबेल ३० प्रतिशतले अवमूल्यन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वित्तीय स्थायित्व खल्बलिने डरले युरोपेली बजार ओरालो यात्रामा छ । लन्डनको एफटीएसई १ प्रतिशतले तथा पेरिस र फ्र्यान्कफर्ट २ प्रतिशतले घटेका छन् । यस्तै कच्चा तेलको भाउ ४.५ प्रतिशतले बढेको छ भने सुनमा लगानी बढेसँगै सुन महंगिएको छ ।

रूबेलको अवमूल्यन रोक्न रूसले ब्याजदर बढाएको बताएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्