Shikhar Insurance
National Life

वाणिज्य बैंकमा बढ्न थाल्यो निक्षेप, कर्जा वृद्धिको रफ्तार ४ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १६, सोमबार १५:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूमा रहेको निक्षेप अझै बढेको छ । निक्षेप वृद्धिको लामो खडेरी फागुनको पहिलो सातामा तोडिएकामा दोस्रो सातामा निरन्तरता पाएको हो ।

फागुन पहिलो साता १ अर्ब ३७ करोड रूपैयाँले बढेको निक्षेप दोस्रो साता १ अर्ब १८ करोड रूपैयाँले वृद्धि भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरूबाट निक्षेप बाहिरिने क्रमले माघमा पनि निरन्तरता पाएकामा फागुन लागेयता बढिरहेको हो ।

पुस १३ अर्बले घटेको निक्षेप र माघमा साढे १३ अर्ब रूपैयाँले घटेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार फागुन ६ सम्म ४३ खर्ब १२ अर्ब २२ करोड रूपैयाँ निक्षेप रहेकामा फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब ४० करोड पुगेको हो ।

निक्षेप बढ्दा कर्जा प्रवाह बढ्ने क्रमले निरन्तरता पाएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेकामा फागुन १३ सम्म आइपुग्दा कर्जा प्रवाह ५ अर्ब ५५ करोड रूपैयाँले बढेर ४१ खर्ब ६४ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ ।

फागुनको पहिलो ३ साता निक्षेप कुल २ अर्ब ५५ करोडले बढेको छ भने कर्जा विस्तार ९ अर्ब ९३ करोडले भएको छ । निक्षेप संकलनको तुलनामा कर्जाको वृद्धिदर ४ गुणा बढी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्