Shikhar Insurance
National Life

बल्ल सम्पन्न भयो महालक्ष्मी विकास बैंकको स्थगित साधारणसभा, बम्पर लाभांश पारित

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित बीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता फागुन १३ गते शुक्रबार बसेको हो ।

साधारणसभाले आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असारमसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सो क्रममा अध्यक्ष उपाध्यायले सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा गरे ।

स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपक कुमार रौनीयार र सर्वसाधारण समुह (ख) बाट श्याम सुन्दर रूङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भए ।

यस्तै शुक्रबारै बसेको संचालक समितिको ५१८औं बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्