Shikhar Insurance
National Life

एनसीसी बैंकका ग्राहकले सोल्टीमा १० प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले काठमाडौंको सोल्टी इन्टरप्राइजेजसँग सम्झौता गरेको छ । द्विपक्षीय सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौंमा अवस्थित सोल्टी होटल र नेपालगञ्जमा अवस्थित सोल्टी वेस्टण्ड प्रिमियरमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट पाउनेछन् ।

साथै सोल्टी इन्टरप्राइजेज अन्तर्गत संचालनमा रहेका अन्य होटलहरुमा समेत यो छुट प्राप्त हुनेछ । यस सम्झौता अन्तर्गत बैंक र इन्टरप्राइजेज बीच प्रबद्र्धनात्मक कार्यक्रमहरु समेत संचालन गर्ने सहमति भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्