काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी पारित नगरेकै कारण विदेशी सहयोग रोकिने त होइन भन्ने चिन्ता गरेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पाण्डेले एमसीसीजस्तो विषयले दीर्घकालीन प्रभाव पार्ने त होइन ? भन्ने प्रश्न गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पाण्डले अमेरिकाले सहज रुपमा फिर्ता गरे त ठीकै तर नेपालले पैसा नलिने ? भनेर अमेरिकाले दागा धर्यो भने के होला ? भन्नुस् त । भन्ने प्रश्न गरेका हुन् ।
‘अहिले हेर्दा विश्व बैंक, एशियाली विकास बैंकले सहयोग गरिरहेको छ । यसले विदेशी मुद्रामा सहयोग गर्छ,’ उनले भने, ‘अमेरिकासँगै अरु देशले पनि सहयोग स्वीकार नगरेका कारण सहयोग रोके भने के हुन्छ ?’
पाण्डेले अमेरिकालाई नेपाल आउन क्लज नचाहिने जिकिर गरे । उनको प्रश्न छ, ‘इराक, अफघानिस्तानमा अमेरिका एमसीसीको कारण प्रवेश गरेको हो र ?’
केही दिन अघि पढ्न जान लागेका ४ जनाको भिसा अमरिकाले रोकेको जानकारी आफूमा आएको बताउँदै उनले डीभी आदिमा पनि नेपालीलाई कडाइ गर्न लागिएकामा चिन्ता व्यक्त गरे ।
‘अमेरिकाले दिएको पैसा त नलिने ? भन्दै जर्मनीले पनि हाम्रो के लेउला ? भन्ने प्रश्न गर्यो रे !’ उनले चर्चा गरे । पाण्डेले एमसीसीको नाममा आएको ५५ अर्ब रुपैयाँ नलिँदा यूएसएड लगायतबाट वर्षेनी आउने अर्बौं रुपैयाँ सदाका लागि रोकिएका चिन्ता व्यक्त गरे ।
पाण्डेले रेमिटयान्स आउने देशमा समेत नेपाली रोजगारी निरुत्साहन गरियो भने संकट आउला बताए ।
प्रतिक्रिया दिनुहोस्