Shikhar Insurance
National Life

नेपाल बैंकको खातामा पैसा नराखी ६२ लाखको चेक काट्ने अधिकारी प्रहरी फन्दामा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १२, बिहीबार १३:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । अदालतले बैंकिङ कसुर गरेको ठहर गरी रु ६२ लाख जरिवाना र १० दिन कैद तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको तारकेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–२ बस्ने विश्वनाथ अधिकारी रहेका छन् । उनले आव २०७६/२०७७ नेपाल बैंक लिमिटेड, न्यूरोडस्थित आफ्नो खाताबाट रकम भुक्तान हुने गरी रकम नै नभएको जानीजानी जाहेरवालालाई झुक्यानमा चेक काटेर दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त मुद्दामा उच्च अदालत पाटनले २०७८ कात्तिक २९ मा अधिकारीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुर प्रमाणित गरी रू ६२ लाख आठ हजार जरिवाना र १० दिन कैद हुने ठहर गरेको थियो ।

यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले आज तारकेश्वरबाट पक्राउ गरेको हो । अधिकारीलाई आजै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्