काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थालाई मर्जरको अन्तिम स्विकृति दिएको छ । दुई बैंक एकआपसमा गाम्भे गाभिने वा मर्जरमा जान केन्द्रीय बैंकले अन्तिम स्वीकृति प्रदान गरेको हो ।
यी दुई लघुवित्तलाई एकआपसमार गाभिन नेपाल राष्ट्र बैंकले फागुन ५ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।
स्याङजाको पुतलीबजारमा केन्द्रीय कार्यालय रहेको सूर्योदय लघुवित्त र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्तबीच गत भदौ १५ गते मर्जरमा जान सम्झौता गरेर १६ गते सैद्धान्तिक सहमतिका लागि राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकले भने कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको थियो । मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्