काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिद बिक्रीमा थप कडाई गरेको छ । केन्द्रीय बैंकले एउटै लगानीकर्ताको एकभन्दा बढी संस्थामा हुने क्रस होल्डिङलाई व्यवस्थापन गर्ने गरी संस्थापक सेयर खरिद बिक्रीमा कैंची चलाएको हो ।
आफ्नो संस्थादेखि बाहेक १ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्दा स्वीकृति लिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसभन्दा अघिसम्म २ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्नुपर्दा मात्र राष्ट्र बैंकको स्वीकृति लिनु पथ्र्यो ।
यसअघिसम्म एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको २ प्रतिशतभन्दा कम संस्थापक सेयर खरिद बिक्रीको गर्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्देन थियो । तर, अब सो व्यवस्थालाई परिमार्जन गर्दै १ प्रतिशतको सीमा निर्धारण गरिएको छ ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन गर्दै केन्द्रीय बैंकले भनेको छ ।
‘कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सो भन्दा बढीे संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद÷बिक्री गर्नुपूर्व अनिवार्य रुपमा यस बैंकको स्वीकृति लिनु पर्नेछ ।’
आफ्नो संस्था बाहेकका सेयर खरिद बिक्रीलाई निगरानीमा राख्र्दै क्रस होल्डिङ केलाउने बाटो केन्द्रीय बैंकले अपनाएको हो ।
प्रतिक्रिया दिनुहोस्