Shikhar Insurance
National Life

नेपाल लाइफको १४.७३% लाभांश रोक्दै बीमा समिति

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफले प्रस्ताव गरेको लाभांश विरणमा बीमा समितिले रोक लगाउने भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय सुचांक र कम्पनीको वास्तविक वित्तीय अवस्थाबीच तालमेल नमिलेपछि समितिले लाभांश वितरणमा रोक लगाउने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनश र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । तर, कम्पनीको आन्तरिक व्यवस्थापन र वास्तविक वित्तीय सुचांक सो लाभांश वितरणका लागि पर्याप्त नभएको आशंकामा समितिले लाभांश स्वीकृत नगरेको उच्च स्रोतले बतायो छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘कम्पनीको आन्तरिक व्यवस्थापन प्रणालीमै पनि समस्या देखिएको छ, सार्वजनिक वित्तीय विवरण र वास्तविकतामा धेरै तालमेल छैन,’ बीमा समिति उच्च स्रोतले सिंहदरबारसँग भन्यो, ‘कम्पनीलाई थप बलियो बनाउने पर्ने देखिएको छ, त्यसैले प्रस्तावित लाभांश वितरण स्वीकृत नगर्ने विषयमा छलफल चलिरहेको छ ।’

बीमा समितिले कम्पनीहरूलाई फ्युचर बोनस प्रोभिजन गर्न निर्देशन दिएको छ । समितिले गत आवमै ५ वर्षभित्र शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो । सोही अनुसार कम्पनीले फ्यूचर बोनस प्रोभिजन गर्दा वितरणयोग्य नाफा नै घट्ने भएकाले लाभांश वितरण समेत रोक्ने तयारी समितिले गरेको स्रोतले जानकारी दियो ।

कम्पनीलाई लाभांश वितरण गर्न भन्दा वास्तविक वित्तीय अवस्था पत्ता लगाएर सोही अनुसार कम्पनी बलियो बनाउन निर्देशन दिइएको स्रोतको भनाइ छ । सोही कारण समितिले कम्पनीलाई माघ मसान्तम सम्पती/दायित्व मूलयांकन (डीडीए) गराउन निर्देशन दिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्