Shikhar Insurance
National Life

आकर्षक लाभांशले सेयरधनीको र बोनसले बिमितको रोजाइमा पर्दै नेशनल, फन्डामेन्टल भन्छः बलियो कम्पनी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा वृद्ध आश्रममा खाना खुवाउने कार्यक्रम आयोजना समेत भएको छ । यसैगरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम नगरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ ।

कम्पनीको जीवन बीमा कोषमा रु. ५० अर्बको हाराहारीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

प्रस्तावित बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम प्रति हजार ८५ रुपैयाँसम्म दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्