Shikhar Insurance
National Life

सबैभन्दा इन्धन किफायती पारिवारिक कार नयाँ सुजुकी सेलेरियो बजारमा, कति पर्छ मूल्य ? (विशेषताहरु)

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १०, मंगलवार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालकै सबैभन्दा धेरै इन्धन किफायती कार नयाँ सुजुकी सेलेरियोको नयाँ जेनेरेसन सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पलेसबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सेलेरियो नेपाली बजारमा ल्याएको हो ।

सर्वाधिक माइलेज दिने सो गाडी को लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलेयम पदार्थको मूल्य भारबाट केहि राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्क्लप्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र अन्य सुविधा भएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेल्स एन्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेसन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्त्साहित गर्नेछ ।

अन न्यु सेलेरियोले थ्रीडी अर्गानिक स्क्लप्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिस थ्रीडी अर्गानिक स्क्लप्ड डिजाइनले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । एनिमेटेड स्विपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । १५ इन्च (३८.०२ सेन्टिमिटर) अर्बन कालो एलो ह्विल र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्दछ ।

नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो क्याबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्विपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्ड ब्यारेल–थिम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ।

कारमा पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेसनको ड्युयल जेट भीभीटी के–सिरिज इन्जिन प्रयोग गरिएको छ जसले नेपालमै सर्वाधिक २८.६८ किलोमिटर प्रतिलिटरको माइलेज दिनसक्ने छ । सेगमेन्टमै पहिलो आइडल स्टार्ट–स्टप प्रयोग गरिएको नयाँ सेलेरियोले कार्बनडाएअक्साइड उत्सर्जनलाई १९% सम्म घटाउने छ । अत्याधुनिक प्रविधिद्वारा सञ्चालित नयाँ सेलेरियोले ८९ एनएम प्रति ३५०० आरपीएमको टर्क र ६७ पीएस प्रति ५५०० आरपीएमको अधिकतम पावर पावर प्रदान गर्दछ । नेक्स्ट–जेन के–सिरिज इन्जिनको विकास अत्याधुनिक प्रविधि जस्तै कुल्ड ईजीआर, अटो टेन्सनर र एकीकृत निकास मेनिफोल्डको प्रयोगबाट गरिन्छ ।

सुजुकीको एड्भान्स हियरटेक प्लेटफर्ममा बनेको नयाँ सेलेरियोले अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । हियरटेक प्लेटफर्मले कारको क्र्यास, रिजिडिटी र समग्र बललाई सुधार गर्छ । उच्च तन्य स्टीलको व्यापक प्रयोग र १२+ सुरक्षा सुविधाहरूले सुरक्षित ड्राइभ सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।

रमाइलो र आरामदाइ ड्राइभिङ अनुभवको लागि ७ इन्चको स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गरिएको छ । यसका अतिरिक्त, फर्स्ट इन सेगमेन्ट इन्जिन पुस स्टार्ट, पोलेन टाइप एसी फिल्टर जस्ता नयाँ सुविधाहरू पनि ल्याइएका छन् । माउन्टेड अडियो कन्ट्रोलसहित टिल्ट स्टेयरिङ, ६०ः४० स्प्लिट रियर सिट, र उचाइ–समायोज्य ड्राइभर सिट जस्ता सुविधाहरूले नयाँ सेलेरियो थप आरामदाइ हुने कम्पनीले जनाएको छ ।

सुजुकी सेलरियो ३ भेरियन्टमा उपलब्ध छ । भीएक्सआई भेरियन्टको मुल्य २७ लाख ९९ हजार, जेडएक्सआईको २९ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्