Shikhar Insurance
National Life

स्थगित भएको महालक्ष्मीको २० औं एजीएम फागुन १३ मा बोलाइयो, सर्वाधिक लाभांश पारित होला ?

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ । पुस २५ लागि तोकिएको साधारणसभा गुणपुरक हुन नसकेपछि स्थगित भएको थियो ।

त्यसयता यो विषय अदालत पुगेपछि साधारणसभा हुन सकेको थिएन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माघ ३ मा सभा बोलाइएकामा पाटन उच्च अदालत पाटनले अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनी आदेश दिएको थियो । माघ ३ गते अन्तरिम आदेशलाई निरन्तरता दिनु नपरेको आदेश अदालतबाट भएको थियो ।

साधारण सभा गर्न सकिने अवस्था सिर्जना भएकाले सञ्चालक समितिको वैठकले निर्णय गरी फागुन १३ का लागि साधारणसभा तय गरेको बताएको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने बताइएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्