Shikhar Insurance
National Life

इसेवाले फेरि ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ९, सोमबार १९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको थियो ।

यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् । यस्तै इसेवामा न्यूनतम रु १ सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिन्छ सकिन्छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्