काठमाडौं । यूईएईलाई पराजित गरेको खण्डमा नेपाल दोस्रोपल्ट विश्वकप खेल्ने पक्का भएको छ । ओमनमा जारी विश्वकप छनोटको समूह विजेता बन्दै नेपालले सेमिफाइनल यात्रा तय गरेको हो ।
सेमिमा अर्को समूहको उपविजेता यूएईलाई पराजित गरेर फाइनल पुगे नेपालले विश्वकप खेल्नेछ ।
समूहचरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई ८ विकेटले पराजित गरेको छ । क्यानाडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा पुरा गरेको हो ।
नेपाल सम्मिलित पोलबाट २ फाइनलिस्टले विश्वकप खेल्नेछन् । यो पोलको अर्को समूहबाट आयरल्यान्ड विजेता बनेको छ जसको भेट नेपाल भएको ग्रुपको उपविजेता ओमनसँग हुनेछ । नेपालसँग पराजित भएपछि क्यानाडाको विश्वकप सपना अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्