Shikhar Insurance
National Life

अजोडको चौथो वार्षिक साधारणसभा सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ८, आईतवार १४:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अजोड ईन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले ३ वटा सामान्य प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरेको छ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७८।०७९ को बाह्य लेखापरीक्षण गर्न लेखापरिक्षकमा मदन निरौला एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गरिएको छ ।

कम्पनीले चालु आ.व.को पुस मसान्तसम्म बीमा व्यवसाय अभिवृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २७ वटा शाखा, २४ वटा उपशाखा कार्यालयहरु, १० बीमा एक्टेन्सन काउण्टर र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ । थप २ शाखा ठमेल काठमाडौं, टोखा काठमाडौं र १ उपशाखा बाग्लुङ्गमा कार्यालय खोल्न बीमा समितिबाट स्वीकृति प्रदान गरिएको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस तथा सोको कारणबाट भएको असर ले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आ.व. २०७७/७८ मा कुल बीमा शुल्क रु.१.३१ अर्व आर्जन गरेको, खुद नाफा रु.१०.२० करोड रहेको र बीमाकोषमा रु. ११.२१ करोड संचित रहेको र अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ४८.९८% खुद नाफामा ६०.३३%, एवं बीमाकोषमा ७९.८२ % ले वृद्धि हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्