Shikhar Insurance
National Life

ऐतिहासिक उच्च बिन्दुमा इन्धनको मूल्य,फेरि प्रतिलिटर ३-३ रुपैयाँले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ८, आईतवार ०९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन-तीन रुपैयाँले बढाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४५ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय २८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्धनका यी मूल्य इतिहासकै उच्च हुन् । यसअघि समायोजित मूल्य अनुसार नै तेलको भाउले इतिहास कायम गरिसकेको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट फेब्रुअरी १६ तारिखमा प्राप्त मूल्यअनुसार पेट्रोलियम पदार्थ मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप निगमको खरिद मूल्य प्रतिलिटर पेट्रोल ५ रुपैयाँ ६१ पैसाले बढेको, डिजेल ५ रुपैयाँ.६२ पैसाले बढेको र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेर आएको निगमले जनाएको छ ।

समायोजित मूल्य अनुसार निगमलाई १५ दिनमा करिब २ अर्ब १५ करोड रुपैयाँ घाटा यथावत नै रहेको उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्