Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर प्रदान

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ७, शनिबार १४:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमकाबीच फर्निचर हस्तान्तरण गरेको छ । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेकामा यस्तो सहयोग गरेको हो ।

बैंकले विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको सो शाखाले उद्योग वाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपाल चौधरीलाई हस्तान्तरण गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्