Shikhar Insurance
National Life

आलोचनात्मक चेतसहित सकारात्मक आर्थिक पत्रकारिताको दोस्रो वर्षमा सिंहदरबार !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ७, शनिबार ०७:०३
Hyundai
NCELL
NIMB

कखरा न्यूज प्रा.लि.द्वारा सञ्चालित आर्थिक अनलाइन पत्रिका सिंहदरबार डटकमले एक वर्षे यात्रा पार गरेको छ । वि.सं. २०७७ फागुन ७ गतेबाट सञ्चालनमा आएको सिंहदरबार डटकमले नेपाली आर्थिक अनलाइन सञ्चार जगतमा आफ्नो अलग पहिचान स्थापित गर्ने भगिरथ प्रयास गरिरहेको छ ।

‘पालो आर्थिक बहसको…’ स्लोगनसहित गैर-आर्थिक नामबाट आर्थिक अनलाइन सञ्चालन गर्ने हाम्रो दुश्साहसपूर्ण कदममा साथ दिने आमपाठक, विज्ञापनदाता,  शुभेच्छुक र समस्त शुभचिन्तकहरुमा विशेष आभार ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समृद्धि, सुशासन र समानताका पक्षमा आलोचनात्मक चेतसहित सकारात्मक आर्थिक पत्रकारिताको हाम्रो अभियान अविचलित र अविराम रहिरहनेछ ।

पहिलो वार्षिकोत्सवसम्म आइपुग्दा सिंहदरबार विगतको निर्मम समिक्षा, वर्तमानको भरपुर उपयोगद्वारा सुनौलो भविष्य कोर्ने अभियानमा छ ।

विछट्टै नयाँ भन्दा पनि समकालीनमध्ये केही फरक प्रयासद्वारा भिन्न पहिचान निर्माण गर्नु हाम्रो मुल ध्येय हो ।

पाठकका लागि गहकिला र पठनीय सामग्री, नीति निर्माताका लागि सोचनीय विषयवस्तु हाम्रो उच्च प्राथमिकताका विषय हुन् । विज्ञापनदाताहरुका लागि व्यवसाय प्रवर्द्धनमा सघाउ पुर्‍याउने उपयुक्त माध्यमका रुपमा सिंहदरबारलाई अझ परिस्कृत र शसक्त बनाइनेछ । गतिशील, अनुशासित र सबल अर्थतन्त्र निर्माणमा हाम्रो पैरवी समयानुकुल थप प्रभावकारी बन्दै जानेमा हामी प्रतिवद्ध छौं ।

सिंहदरबारले नागरिकसम्म सत्य, तथ्य र सन्तुलित आर्थिक पत्रकारितामार्फत आफ्नो जिम्मेवारी अबिछिन्न पुरा गर्नेछ । हामी थप परिस्कृत र सबलतासहित आलोचनात्मक चेतको आलोकमा सकारात्मक आर्थिक पत्रकारिताको प्रवर्द्धन गरिरहनेछौं ।

नारायण प्रसाद पौडेल

प्रकाशक

GBIME

प्रतिक्रिया दिनुहोस्