काठमाडौं । नेपालले ओमनलाई ३९ रनले पराजित गरेको छ । ओमानमा जारी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको पहिलो खेलमा नेपालले ओमनलाई ३९ रनले पराजित गरेको हो ।
नेपालले ओमनलाई ११८ रनको लक्ष्य दिएको थियो । ओमन १७ ओभरमा ७१ रनमै अलआउट भएपछि नेपालले सहज जित निकालेको हो ।
उत्कृष्ठ बलिङ गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २।२ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र जितेन्द्र मुखियाले पनि १।१ विकेट लिए ।
ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाउन सफल भएका थिए । नेपालले शनिबार फिलिपिन्ससँग समूहको दोस्रो खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्