काठं । आइएई जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.३७ प्रतिशत लाभांश पाउने भएका छन् । फागुन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्