Shikhar Insurance
National Life

लण्डन एक्स्चेन्जमा जाने भएपछि राष्ट्र बैंकले निफ्रालाई नेपालमै ऊर्जा बोन्ड जारी गर्ने बाटो खोलिदियो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार २०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वधार विकास बैंकले पनि ऊर्जा ऋणपत्र जारी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्स्चेन्जमा मिलियन डलरको बोन्ड जारी गर्ने तयारी गरेको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्स्चेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्ने तयारी गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसका लागि राष्ट्र बैंकले पनि अनुमति पनि दिइसकेको थियो । अहिले भने राष्ट्र बैंकले निफ्रालाई स्वदेशबाटै लगानी जुटाउने वातावरण बनाइदिएको हो ।

स्वदेशी बैंक लगानीका लागि विदेश जानुपर्ने स्थिति पैदा भएपछि राष्ट्र बैंक लचिलो भएको हो । राष्ट्र बैंकले इजाजतप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशिका अनुसार सामान्य ऋणपत्रमात्र जारी गर्न पाउने अनुमति दिएको थियो । त्यस्ता प्रकारका ऋणपत्र लगानीयोग्य भन्दा सप्लिमेन्टरी क्यापिटलको रूपमा उपयोग हुने गरेको थियो ।

अब भने ऊर्जा क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउने गरी ऊर्जा बोन्ड जारी गर्ने अनुमति राष्ट्र बैंकले दिएको हो ।

निफ्रा लन्डन स्टक एक्स्चेन्जमा सूचीकृत हुने गरीको बोन्ड जारी गर्ने तयारीमा छ । राष्ट्र बैंकले थप सुविधा दिएपछि निफ्रालाई थप स्रोत जुट्ने भएको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्