Shikhar Insurance
National Life

नेप्सेमा झिनो गिरावट, १ सय १२ कम्पनीको मूल्य घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचकमा झिनो गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से १.९३ अंकले घटेर २७३२.५२ अंकमा पुगेको हो ।

कारोबारमा आएका १ सय १२ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा गिरावट आएको हो । यस्तै ६८ कम्पनीको मूल्य बढे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से घट्दा कारोबार रकममा पनि गिरावट आयो । दिनभर मात्र ४० लाख १७ हजार कित्ता सेयर २ अर्ब २७ करोड रूपैयाँमा किनबेच भए ।

कारोबार सुरू भएदेखि नै आरोह अवरोह व्यहोरेको बजार अन्ततः ऋणात्मक भएर बन्द भयो ।

बजारमा तेह्रथुम पावर कम्पनी, युनाइटेड इदी मर्दी हाइड्रो, सामलिङ पावर कम्पनी, जीवन विकास लघुवित्त र मैलुख खोला जलविद्युतको मूल्य सर्वाधिक बढ्यो । यस्तै बुद्ध भूमी हाइड्रोको मूल्य सर्वाधिक घट्यो ।

कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा रह्यो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्