Shikhar Insurance
National Life

केपी ओली र ईश्वर पोखरेल, योगेश भट्टराई विरुद्ध अख्तियारमा उजुरी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

झापाको गिरिबन्धु टि स्टेट जग्गा प्रकरण, कोरोना खोप आयातको कमिसन र नेपाल भ्रमण वर्ष सचिवालयमा अरबौं अनियमितता भएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उजुरीमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई नेताहरु भानुभक्त ढकाल, पद्मा अर्याल लगायतमाथि छानविन गरि कारवाही गर्न माग गरिएको छ । सबै भ्रष्टाचार काण्डहरुको नेतृत्व प्रधानमन्त्रीका रुपमा केपी ओलीले गरेको र उप्रधानमन्त्री पोखरेल, पर्यटन मन्त्री भट्टराई, स्वास्थ्य मन्त्री ढकाल र भूमि व्यवस्था मन्त्रीका रुपमा अर्यालको प्रत्यक्ष संलग्नता रहेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूको बागमति प्रदेश कमिटी संयोजक दिपक बुढाथोकीले उजुरी हालेका हुन् । ओलीसहितका एमाले नेताहरु विरुद्ध अख्तियारमा उजुरी हाल्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको टोली टंगाल पुगेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्