Shikhar Insurance
National Life

प्रदेश नं. १ मा २ वर्षमा १० हजार क्रिकेट खेलाडी उत्पादन गरिने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।

फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यालयस्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिए ।

उनले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए । फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए ।

उनले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए । संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्