Shikhar Insurance
National Life

कृषि विकास बैंकको अगुवाईमा सुरु भयो भिटा, किसानले यस्तो लाभ पाउने

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १२:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषिको विकासका लागि कृषिको समावेशी रुपान्तरणका लागि मुल्य श्रृंखला परियोजना (भिटा) सुरु भएको छ ।

अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्र्तराष्ट्रिय कोष (आईएफएडी) बीच ५ महिना अघि भएको सम्झौता बमोजिम सञ्चालन हुने कार्यक्रमको शुभारम्भ राजस्व सचीव कृष्णहरी पुस्करले गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालका दिनमा कृषि विकास बैंकलाई नेपाल सरकार मार्फत् आईएफएडीबाट करीब ८० मिलियन अमेरीकी डलर वित्तिय ऋण सहयोग उपलब्ध हुनेछ । नेपाल सरकारले कृषि विकास बैंकलाई कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको छ । बैंकले किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गरि श्रोत संकलन मार्फत कृषि क्षेत्रमा वित्तिय सहयोग पुर्याउँदै आएको छ ।

भिटा कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केही कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै राजश्व सचीव पुस्करले यस किसिमको सहयोगले साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा यस क्षेत्रको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्र्पर्धात्मक विकास हुने अपेक्षा गर्दै यस कार्यक्रमले प्रत्यक्ष रूपमा एक लाख विसहजरा साना कृषक परिवारहरु विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविको पार्जनमा सुधार गर्ने विश्वास गरे ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय कृषि/पशु तर्फका सचिव क्रमशः डा. गोविन्द प्रसाद शर्मा र निरु दाहालले परियोजना सफलताका लागि शुभकामना व्यक्त गरे । दात्तृनिकाय आईएफएडीका तर्फबाट कन्ट्रि डाइरेक्टर रोशक कुकले कार्यक्रमको सफलताको कामना गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले दात्तृ निकाय मार्फत प्राप्त उक्त सहुलियतपूर्ण कर्जा रकम सही ढंगबाट कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मुल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने प्रतिवद्धता व्यक्त गरे । उनले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिइएकोमा अर्थ मन्त्रालय र आईएफएडी लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन समेत गरे ।

कृषि विकास बैंकका अध्यक्ष तथा अर्थ मन्त्रालयका सह–सचिव रमेश कुमार के.सी.ले बैंकले स्थापना हुँदाकै बखतमा लिएका उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिने बताए । कार्यक्रमले साना किसानहरुको व्यवसाय वृद्धिमा टेवा पु¥याउने र कार्यक्रम सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्