Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता शेयरको अन्डरराइटर बन्यो प्रभु क्यापिटल

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार २०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३,३१,००० कित्ता शेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ फाल्गुण ०४ गते बुधबार सम्पन्न भयो ।

सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्