Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत बृद्धि खाता सार्वजनिक, रु. ५१ मै खाता खोली ८.५५ प्रतिशत ब्याज

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत बृद्घी खाता सार्वजनिक गरेको छ । मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घी खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तगर्त खाता खोलेका ग्राहकले रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस बचत योजना अन्तर्गत खाता खोलेका ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्घी खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्