Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेसमा छुट

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र होटल दियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता पछि बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले होटलका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनुहुनेछ ।

यस किसिमको सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको दाबी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्