Shikhar Insurance
National Life

अनुत्पादक क्षेत्रको वर्गिकरणले ओरालो लाग्यो घर जग्गाको कारोबार, एक अर्ब बढी राजश्व घट्यो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी आएको छ । अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ रुपैयाँले घटेको हो ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा टिप्पणी गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छ्ट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । यसले गर्दा पनि घर जग्गाको कारोबारमा कमी आएको सरोकावालहरुको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ रुपैयाँ बराबरको लाभकर उठेको छ । विभागका अनुसार २०७७ माघमा त्यस्तो कर रु एक अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ ।

विभागका अनुसार देशभर रहेका कूल १२६ मालपोतमध्ये काठमाडौँ उपत्यकामा रहेका नौ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ ।

यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ रुपैयाँ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर, २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४०६ रुपैयाँ बराबर उठाएको थियो । रजिष्ट्रेशन दस्तुरबाट गत माघमा तीन अर्ब ३१ करोड ८९ लाख ५० हजार ८१७ रुपैयाँ बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा तीन अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९७० रुपैयाँ बराबरको रारजस्व उठाएको थियो ।

उपत्यकाका मालपोत कार्यालयका राजश्व संकलनको अवस्था
काठमाडाँ उपत्यकाका नौ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व सङ्कलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा ३८ करोड ८४ लाख ७७ हजार ५८७ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विवरणमा उल्लेख छ ।

चावहिल मालपोत कार्यालयले २०७७ माघमा ३३ करोड ७९ लाख ३४ हजार ५३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा २०७८ को माघमा २९ करोड १८ लाख नौ हजार ५७६ रुपैयाँ मात्रै सङ्कलन भएको छ ।

कलङ्की मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४८६ रुपैयाँ राजस्व सङ्कलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९९३ रुपैयाँ सङ्कलन गरेको छ ।

साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५८८ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४४४ रुपैयाँ सङ्कलन गरेको छ ।

मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख सात हजार ९०१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा ११ करोड ४२ लाख ८३ हजार ३०४ रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २३६ रुपैयाँ राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा नौ करोड ४१ लाख २४ हजार ३५९ रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ ।

ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्व समेत घटेको छ ।

लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १८६ रुपैयाँ राजस्व सङ्कलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६८९ रुपैयाँमा सीमित भएको छ ।

गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४१४ रुपैयाँबराबरको राजस्व सङ्कलन गर्दा गत माघमा घटेर १० लाख तीन हजार ५६३ रुपैयाँमा सीमित भएको छ ।

भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ । यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।

विवरण अनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९६१ रुपैयाँराजस्व सङ्कलन गरेको भक्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९१२ रुपैयामात्रै सङ्कलन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा भूमिसम्बन्धी सूचना तथा व्यवस्थापन प्रणालीमार्फत आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व सङ्कलन थप पारदर्शी बन्न थालेको छ ।

सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम)’ लागू गरिएको छ ।

सो प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलङ्की र ललितपुरमा परीक्षणको रुपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको छ ।
–––

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्