Shikhar Insurance
National Life

जनस्वास्थ्य नियमावलीअनुसार टेस्टट्ययुब बेबीको इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आईभीएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसारको मापदण्ड पूरा गरेको आधारमा आईभीएफ सेन्टर संचालनको इजाजत दिएको हो ।

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेसी(आईभीएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो । २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरको निर्णयबाट नर्भिकलाई आईभीएफ सेन्टर संचालनको इजाजत दिइएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आईभीएफ सेन्टर संचालनको इजाजत दिइएको महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनका अनुसार जनस्वास्थ्य नियमावली २०७७ ले व्यवस्था गरेअनुसारको मापदण्ड पूरा गरी आईभीएफ सेन्टर संचालनको इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आईभीएफ सेन्टरहरु कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । तर जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आईभीएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो ।

नर्भिकले अस्पतालको मुख्य भवनको विपरीत दिशामा अलग्गै भवनमा आईभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरु तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ । सुविधासम्पन्न र आधुनिक आईभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । नर्भिक आईभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आईभीएफ सेन्टर पनि हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्