Shikhar Insurance
National Life

पठाओले सुरु गर्‍यो इन्स्योरेन्स हेल्प-लाइन

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १, आईतवार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले ‘पठाओ इन्स्योरेन्स हेल्पलाइन’ सुरु गरेको छ ।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरि एक्सटेन्सन ४ थिचेपछी बिभागिय विशेषज्ञले आवस्यक परामर्श दिनेछन् ।

नेपालमै पहिलोपटक ‘राइड सेयरिङ बिमा’ सुरु गरेको पठाओले दुर्घटना उपचार बिमा एक लाख सम्म र मृत्यु वा अङ्ग भंग भएमा १० लाख सम्मको बिमा उपलब्ध गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्