Shikhar Insurance
National Life

किसानले निजी उद्योगलाई दुध बेच्दा डीडीसीले दिनेभन्दा रु २ बढी पाउने, उपभोक्तालाई रु १ महंगो

सिंहदरबार संवाददाता
२०७८ माघ २८, शुक्रबार १३:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । एकलौटी रुपमा दुधको मुल्य कायम गरेको दुध उत्पादक सरकारी स्वामित्वको कम्पनी दुग्घ विकास संस्थान (डीडीसी)लाई निजी क्षेत्रका दुध उत्पादकले काउन्टर दिएका छन् । सरकारले किसानको लागि कायम गरेको नयाँ मूल्यका आधारमा डीडीसीले निजी क्षेत्रका उद्योगसँग सल्लाहै नगरी नयाँ मूल्य कायम गरेपछि निजी उत्पादक तथा वितरक संघ प्रतिवादमा उत्रिएका हुन् ।

निजी उद्योगहरुले किसानले डीडीसीलाई दुध बेच्न निरुत्साहित हुने गरी डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने भएका छन् । डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारले तोकेको भन्दा ६ रुपैयाँ बढी र डीडीसीले दिनेभन्दा २ रुपैयाँ बढीमा किन्ने जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो मूल्यअनुसार किसानहरूले निजी उद्योगलाई दुध बेच्नु फाइदा हुनेछ भने उनीहरू निजी उद्योगलाई बेच्न प्रेरित हुने अपेक्षा गरिएको छ ।

यता उपभोक्तालाई भने निजी उद्योगका दुध डीडीसीको भन्दा १ रुपैयाँ बढी पर्ने छ ।

नयाँ मूल्यअनुसार निजी उद्योगबाट उत्पादन हुने १ लिटर दुध किन्नका लागि ८६ रुपैयाँ तिर्नुपर्ने छ । उनीहरुले किसानबाट प्रतिलिटर ६२ रुपैयाँमा किन्नेछन् ।

डीडीसीले भने लिटरको उपभोक्ता मूल्य ८५ रुपैयाँ र किसानलाई दिने मूल्य ६० रुपैयाँ तोकेको छ ।

डीडीसीले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएको थियो । निजी उद्योगले भने १० रूपैयाँ बढाएका हुन् ।

 

यसो भन्छ निजी क्षेत्रः

पछिल्लो पटक मिति २०७६ भाद्र २१ गते दूधको मूल्य परिमार्जन पश्चात समग्र मुल्य श्रृंखलाका विभिन्न तहहरु जस्तै: दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत, ज्याला, ढुवानी खर्च आदिको पटक पटक मुल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरु मारमा पर्न कारण दर्शाइ नेपाल सरकारका विभिन्न निकायमा किसान लगायत उद्यमीहरुले समय सापेक्ष रुपमा दूधको खरिद तथा विक्रि मूल्य परिमार्जन गर्न अनुरोध गरिएको थियो ।

लागत अनुसार वैज्ञानिक ढंगले दूधको मुल्य निर्धारण गर्न सवै सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितीले लागतको आधारमा प्रशोधित दूधको विक्रि मूल्य प्रति लि.  १० रुपैयाले वृद्धि गर्न सिफारिश गर्नुको साथै यसै अनुसार विक्रि मूल्य कायम गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डिडिसीलाई निर्देशन दिएको थियो।

नेपाल सरकार मन्त्रि परिषदको निर्णय अनुसार कच्चा दूधका मूल्य प्रति लिटर रु६.५२ वृद्धि गरि कच्चा दूधका न्युनतम् मूल्य ५६.०४ (४% फ्याट,८% प्रतिशत एस. एन.एफ) निर्धारण भइ दूध विकास संस्थानबाट मुल्य निर्धारण   समिति र मन्त्रालायको निर्देशनको अवज्ञा गरी नीजि क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले प्रति लि.रू ९ वृद्धि गरी आज देखि लागू हुने प्रशोधित दूध प्रति प्याकेको रु ४२.५० कायम गरिएको प्रति हामी सम्पूर्ण नीजि क्षेत्रको असहमति प्रकट गर्दछौं ।

यसरी नीजि क्षेत्रवाट किसानवाट दूध खरिद गदा दुग्ध विकास संस्थान भन्दा बढि नै रहेको र यहि २०७८ फाल्गुण १ गते देखि लागू हुने गरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यनतम् मूल्य सहकारी संस्थाहरु समेतको गरि (४% फ्याट, ८% प्रतिशत एस. एन. एफ) को ५३.४५बाट वृद्धि गरि ६२ रुपैयाँ कायम गरिएको छ । र भखरै नै वृद्धि गरिएको मुल्यमा यो मुल्य समायोजन गरिनेछ । त्यसैगरि दुरि को आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निधारण गरिने छ।

यस मुल्यवृद्धिबाट आम उपभोक्ता वर्गमा गएको असर प्रति क्षमा प्रकट गर्दै नेपालको दुग्ध उत्पादन, सकलन प्रशोधन व्यवसाय एक विशुद्ध व्यवसाय भएको र यसमा कने पनि प्रकारको विचौलिया नभएको र हालको मूल्य वृद्धिको रकम ७०% प्रतिशत भन्दा बढि किसानको हातमा पुग्ने प्रतिवद्धता प्रकट गर्दछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्