Shikhar Insurance
National Life

विनियोजन भएजति खर्च गर्न नसक्ने स्थिति भएपछि अर्थमन्त्रीले घटाए बजेटको आकार

सिंहदरबार संवाददाता
२०७८ माघ २७, बिहीबार १४:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको बजेटको आकार घटेको छ । अर्थमन्त्री जनार्दन शर्माले आव २०७८/७९ को बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।

अर्थ मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ । जुन शर्मा आफैंले तयार पारेका प्रतिस्थापन बजेटभन्दा ९४.७ प्रतिशत मात्र हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शर्माले भदौ अन्तिममा ल्याएको प्रतिस्थापन विधेयकमा १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ विनियोजन गरेका थिए ।

त्यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश बजेट ल्याउँदै चालु आवमा १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ खर्च हुने अनुमान राखेका थिए ।

पौडेलको अनुमानलाई संशोधन गरेका मन्त्री शर्माले आफैंले गरेको अनुमान पनि भेट्टाउन गाह्रो देखेपछि आकार झन् घटाएका हुन् ।

यस अवधिमा लक्ष्य अनुसार राजस्व संकलन भइरहेको अर्थमन्त्रीको भनाइ छ ।

चालु आवमा चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड अर्थात् लक्ष्यको ९७.२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब ४० अर्ब ३२ करोड अर्थात् ९०.३२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७० अर्ब ४९ करोड अर्थात् लक्ष्यको ९० प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्रीको छ । राजस्व लक्ष्य अनुसार संकलन हुने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्