काठमाडौं । बिहीबार सुनचाँदी बजारमा छापावाल सुन प्रतितोला ५०० ले बढेको छ । पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा मा कारोबार भएको थियो । बिहीबार मूल्य बढेर ९३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुजचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ छ, जसको मूल्य अघिल्लो दिन ९२ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २ सय ८० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३३ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्