Shikhar Insurance
National Life

लाभांश मेलाले सेयर बजारमा एक महिनामै थप्यो साढे ११ अर्ब, आईपीओ नै ६ अर्ब रुपैयाँको

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १७:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । बोनस सेयर र साधारण सेयर (आईपीओ) ले सेयर बजारमा साढे ११ अर्ब रुपैयाँ सम्पती थप भएको छ । पुस महिनामै ५ अर्ब ५७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ६ खर्ब रुपैयाँ बराबरको आईपीओ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सुचीकृत भएका हुन् ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रै वार्षिक साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नुपर्ने हुन्छ । सोही अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले पुस मसान्तअघि नै साधारणसभा सम्पन्न गरी बोनस सेयर नेप्सेमा सूचीकृत हुँदा लगानीकर्ताको सम्पत्ती बढेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लाभांशमा कम्पनीहरुले बोनस सेयरलाई प्राथमिकतामा राख्न पर्ने नियमकको निर्देशन हुँदा पुस महिनामा साढे ५ अर्ब रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सुचीकृत भएको थियो । साथै, ४ वटा कम्पनीले जारी गरेका ६ अर्ब रुपैयाँ बराबरको आइपीओ समेत सुचीकृत हुँदा पुस महिनामै सेयर बजारमा ११ अर्ब ५७ करोड रुपैयाँ सम्पत्ती थप भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मंसिर महिनामा बोनस २ अर्ब ४४ करोड रुपैयाँ, हकपद सेयर ८ अर्ब ९३ करोड रुपैयाँ, डिबेञ्चर ४६ अर्ब १६ करोड रुपैयाँ, आइपीओ ९ अर्ब ४६ करोड र म्युचुअल फन्ड ३ अर्ब ७५ करोड गरी ८२ अर्ब ३१ करोड रुपैयाँ धितोपत्र सूचीकृत भएको थियो ।

पुस महिनामा आइपुग्दा ५ अर्ब ५७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ६ अर्ब रुपैयाँ बराबरको आइपीओ थप सूचीकृत हुँदा पुस महिनामा ८२ अर्ब ३१ करोड रुपैयाँ धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक अवस्था प्रतिवेदन अनुसार नेप्सेमा २०७८ पुससम्ममा सूचीकृत ६ अर्ब ५४ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनासम्ममा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ८ अर्ब ९३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ८ अर्ब १ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड गरी कुल ८२ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड १ अर्ब ५७ करोड रुपैयाँ बराबरको साधारण सेयर र १ अर्ब ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ४१ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्