Shikhar Insurance
National Life

ऋणको ब्याजदर बढ्यो, पछिल्लो महिना थप बढ्ने संकेत

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । महंगो ब्याजदरमा निक्षेप संकलन गर्दा खर्च बढेपछि बैंकहरुले महिनैपिच्छे ऋणको ब्याजदर बढाएका छन् । पुस महिनामा मात्रै वाणिज्य बैंकहरुले अघिल्लो महिनामा कायम कर्जाको औसत ब्याजदर ०.१७ प्रतिशतले बढाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

लगानीयोग्य रकम (तरलता) को अभावमा कर्जाको माग अनुसार बैंकहरुले अहिले पनि निक्षेप संकलन गर्न सकेका छैनन् । निक्षेपकर्ता आर्कषित गर्न ब्याजदर बढाउनै पर्ने बाध्यतामा खर्च बढ्दा बैंकहरुले कर्जाको ब्याजदर महिनै पिच्छे बढाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिक महिनामा वाणिज्य बैंकहरुको औषत कर्जा ब्याजदर ७.५७ प्रतिशत थियो । जुन मंसिरमा ०.६८ प्रतिशतले बढेर ८.४२ प्रतिशत कायम भएको थियो । पुस महिनामा आइपुग्दा यस्तो ब्याजदर ०.१७ प्रतिशतले बढेर ८.४२ प्रतिशत कायम भएको राष्ट्र बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक अवस्थाले देखाएको छ ।

पुँजीगत खर्च समयमै नहुँदा आयातमा बढी कर्जा प्रवाह हुँदा बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभावका साथै नगद प्रवाहमा समेत समस्या बढेको छ । यसको प्रभाव ऋणको ब्याजदरमा प्रत्यक्ष पर्ने राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठ बताउँछन् । बैंकहरुले महंगो ब्याजदरमा निक्षेप संकलन गर्दा पछिल्लो महिना कर्जाको ब्याजदर थप बढ्न सक्ने उनको अनुमान छ ।

राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ पुसमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.८७ प्रतिशत रहेकोमा २०७८ पुसमा ५.०७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ पुसमा ०.१४ प्रतिशत रहेकोमा २०७८ पुसमा ४.७६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ पुसमा ४.७७ प्रतिशत रहेको छ ।

अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर ०.१८ प्रतिशत रहेको थियो । छट। वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ पुसमा ७.१८ प्रतिशत रहेकोमा २०७८ पुसमा ८.४२ प्रतिशत कायम भएको छ । २०७८ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ५.० प्रतिशत र ९.०९ प्रतिशत रहेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्