Shikhar Insurance
National Life

सिटिजन्स बैंकको ९१ औं शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको सुबानेमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका क्रममा बैंकले ललितपुर जिल्लाको बाग्मती गाउँपालिका, सुबानेमा ९१ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ । यसबाट आगामी दिनमा यस क्षेत्रका बासिन्दाले अझ बढी फाईदा लिन सक्नेछ भन्ने बैंकले आशा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्