Shikhar Insurance
National Life

प्रयोजन नखुलाई बैंकले दिए साढे १० खर्ब रुपैयाँ कर्जा, अनुत्पादक क्षेत्रमा कर्जा बढ्दा तरलता समस्या

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीले कर्जा कुन प्रयोजनका लागि माग गरेका हुन र त्यसको प्रयोग कहाँ हुने एकिन नै नगरी साढे १० खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १० खर्ब ५५ अर्ब रुपैयाँ प्रयोजन नखुलाई अर्थात अन्य शिर्षकमा प्रवाह गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कुल प्रवाहित कर्जाको २३ प्रतिशत यस्तो शिर्षकमा कर्जा प्रवाह गरेको तथ्यांक बैंक तथा वित्तीय संस्था परिसंघ (सिबीफिन) को अध्ययन प्रतिवेदनले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उत्पादनमूलक क्षेत्रमा लगानीले रोजगारी सिर्जना गर्ने, उत्पादकत्व बढाउने र आर्थिक वृद्धि दर बढाउन सहयोग गर्ने गर्दछ । तर, कम उत्पादनशील क्षेत्रमा प्रवाह भएको कर्जा लगानीले उत्पादनमुलक क्षेत्रमा गएको कर्जा लगानीले जस्तै आर्थिक क्षेत्रलाई चलायमान बनाउन पूर्णतया सहयोग गर्दैन । र, यसले तरल सम्पत्ती कायम गर्न मद्दत नगर्ने सिविफिनको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

२०७८ मंसिर मसान्तको तथ्यांक अध्ययन गर्दा सोचनीय पक्ष के देखिन्छ भने उपभोग्य कर्जा अन्तर्गतको “अन्य” शिर्षकमा ६२३ अर्ब रुपैंयाँ कर्जा गएको छ । त्यस्तै गरी, “अन्य” शिर्षक अन्तर्गत नै ४३२ अर्ब रुपैंयाँ कर्जा प्रवाह भएको छ ।

यी दुवै प्रष्टरुपमा उद्देश्य नखुलेको कर्जा जोड्ने हो भने जम्मा कर्जा १० खर्व ५५ अर्व रुपैयाँ हुन्छ, जुन जम्मा कर्जा ४६ खर्ब ३ अर्ब रुपैंयाँको करिव २३ प्रतिशत हुन आउँछ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४६ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसको २०७६ मंसिर मसान्तमा “अन्य” शिर्षक अन्तर्गत १६.४२ प्रतिशत र २०७७ मार्गमा करिव १७ प्रतिशत यस्ता प्रकृतिका कर्जा प्रवाह भएको देखिन्छ ।

२०७८ मंसिरमा आइपुग्दा “अन्य” शिर्षकमा यसरी कम उत्पादनशील अर्थात उपभोग्य कर्जा ४ खर्व ५९ अर्व रुपैंयाँले बढ्नु र आयात पनि अस्वभाविकरुपमा बढनुबीच आपसी सम्बन्ध देखिन्छ । यसरी यस्ता अनुत्पादक क्षेत्रमा ह्वात्तै कर्जा बढे पछि तरलता व्यवस्थापनमा चाप पर्नु स्वभाविकै देखिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्