Shikhar Insurance
National Life

नेपाल एसबीआई र सिभिल बैंकले पनि वित्तीय विवरणमा बदमासी गरेको पाइयो, यसरी बढी देखाए ईपीएस

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार ०८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबीआई र सिभिल बैंकले पनि दोस्रो त्रैमासको वित्तीय विवरणमा बदमासी गरेको पाइएको छ । दुई बैंकले बोनस सेयर वितरणपछि चुक्तापुँजी नबढेको वित्तीय विवरण सार्वजनिक गरेको खुलेको हो ।

नेपाल एसबीआईले गत वर्षको खुद मुनाफाबाट चुक्तापुँजीको ३.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने सिभिलले ५ प्रतिशत बोनस सेयर दिएको थियो । बोनस सेयर वितरणपछि दुवै बैंकको चुक्तापुँजी बढ्नुपर्नेमा दुवैले चुक्तापुँजी नबढेको वित्तीय विवरण प्रकाशन गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल एनबीआईको चुक्तापुँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रूपैयाँ छ । बोनस सेयरपछि यस्तो पुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५२ हजार पुगेको वित्तीय विवरण बनाउने पर्ने हो । यस्तै सिभिलको चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार बाट बोनस सेयर वितरणपछि ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार पुग्नुपर्ने हो ।

चुक्तापुँजी कम देखाएका कारण यी बैंकको केही वित्तीय सूचकांक भ्रमपूर्ण बनेका छन् । पुरानै चुक्तापुँजी राख्दा प्रतिसेयर आम्दानी, नेटवर्थ आदि विवरण यथार्थपूर्ण छैनन् । जसले गर्दा सेयर बजारका लगानीकर्ता झुक्किएका छन् ।

भ्रमपूर्ण विवरणमा नेपाल एनबीआईको ईपीएस १६ रूपैयाँ ४९ पैसा देखिन्छ भने प्रतिसेयर नेटवर्थ १ सय ६९ रूपैयाँ ८ पैसा देखिएको छ । तर, चुक्तापुँजी बढे यी दुवै सूचकांक केही कम देखिन सक्छन् । यता सिभिलले पनि ईपीएस ११ रूपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय २९ रूपैयाँ ३९ पैसा देखाएर लगानीकर्ता झुक्याएको छ ।

यसअघि फरवार्ड माइक्रोफाइनान्स इन्फिनिटी लघुवित्तले यस्तै झुक्याउने विवरण सार्वजनिक गरेका थिए । उनीहरूले भोलिपल्टै चुक्तापुँजी बढाएर वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।

यसरी झुक्याउने विवरण सार्वजनिक गर्नेलाई कैद, नगद जरिवाना र प्रतिबन्धसम्मको कानुनी व्यवस्था गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्