Shikhar Insurance
National Life

इमर्जिङ्ग नेपालको आईपीओमा आवेदन खुल्योः कति भर्ने ? कति पर्ने ?

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार ०८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । इमर्जिङ्ग नेपालको आईपीओमा आजदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीको ५ करोड ५५ लाख ६० हजार कित्ताका लागि आवेदन खुलेको हो ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ११ हजार १ सय १२ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि, २७ हजार ७ सय ८९ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध एनआईसी एशिया क्यापिटल हो ।

कम्पनीको आईपीओमा १० देखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । तर ५ लाख १६ हजार कित्ता १०-१० कित्ताका दरले ५१ हजार जनालाई मात्र पर्नेछ । यसकारण १० कित्तामात्र आवेदन दिनु उपयुक्त हुनेछ ।

इमर्जिङ्ग नेपालले इक्रा नेपालबाट डबल बी प्लस इस्युअर रेटिङ प्राप्त गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न औसत जोखिम रहेको संकेत गर्छ ।

इमर्जिङका सञ्चालक शोभाकान्त पौडेलले आफ्नो प्रभावमा आईपीओ अनुमति दिएका हुन् । बोर्डका सञ्चालक पौडेलले आईपीओ निष्काशन अनुमति दिने अख्तियारी पाएका बेला आफैं सञ्चालक रहेको इमर्जिङलाई अनुमति दिएका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्