Shikhar Insurance
National Life

अन्ततः फागुन २८ गते हुने भयो भन्सार एजेन्टको परिक्षा

सिंहदरबार संवाददाता
२०७८ माघ २६, बुधबार ०८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार एजेन्टको परिक्षा फागुन २८ गते हुने भएको छ । कोभिड रोगका कारण ११ महिनादेखि रोकिएको भन्सार एजेन्टको परिक्षा फागुन अन्तिममा हुने भएको हो ।

भन्सार विभागका अनुसार लिखित परिक्षा २८ गते २ बजे सञ्चालन हुनेछ । परिक्षा केन्द्र भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परिक्षाको प्रवेश पत्र तयार भइसकेको छ । भन्सार विभागको वेबसाइटबाट सो कार्ड डाउनलोड गर्न सकिन्छ ।

गत वर्ष चैत १६ गते भन्सार विभागले भन्सार एजेन्ट थप गर्ने सूचना प्रकाशन गरेको थियो । विभागले ६ सय ६० जना एजेन्ट थप गर्ने भएको हो ।

ब्याचलर पास गरी ३ महिना कम्प्युटर तालीम लिएका २१ वर्ष पुरा भएका नेपाली नागरिक भन्सार एजेन्टका लागि योग्य हुन् ।

भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलका रुपमा काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेको हुन्छ । व्यवसायीले ‘मेरो मालसमान पास गर्ने यो व्यक्ति हो’ भनेको घोषणाअनुसार एजेन्टले भन्सार जाँचपास गर्न पाउँछ ।

दुई दशकपछि भन्सार एजेन्ट थप हुने भएका हुन् ।

२० वर्षअघि चार सय भन्सार एजेन्टलाई लाइसेन्स दिइएको थियो । त्यो संख्या अहिले घटेर १७० जनामा सीमित छ ।

पछिल्लो समय भन्सार धेरै किसिमले डिजिटल भइसकेको छ । पुरानो लाइसेन्स होल्डर हातले लेख्ने, परम्परागत शैलीमा प्रज्ञापनपत्र भर्ने गरी प्रशिक्षित छन् । यही परिवेशलाई मध्यनजर गर्दै भन्सारले नयाँ एजेन्ट लाइसेन्स दिन लागेको हो ।

नयाँ तथा सूचना प्रविधिमैत्री जनशक्तिलाई भन्सार एजेन्ट बनाउन पाइयो भने डिजिटल भन्सार बनाउने कार्यमा बल पुग्ने विश्वास भन्सार प्रशासनको छ । दक्ष जनशक्ति आउँदा सेवा प्रवाह सजिलो हुन्छ र व्यवसायीलाई पनि दक्ष एजेन्टले दिने सेवा गुणस्तरीय हुने दाबी भन्सारले गरेको छ ।

अर्कातर्फ बजारमा थोरै एजेन्ट बाँकी रहँदा व्यवसायीलाई छनोटको अवसर कम छ, एउटा एजेन्टसँग बाध्य भएर काम गर्नुपर्ने अवस्था छ । यसैगरी थोरै एजेन्ट हुँदा सिन्डिकेट भएको गुनासो पनि छ । हालसम्म पटकपटक गरी कुल ४ सय ८ जनाले प्रोफेसनल लाइसेन्स पाएका छन् । त्यतिबेला एजेन्टको काम गर्न ठूला घरानाले समेत लाइसेन्स लिएका थिए ।

समयक्रममा उनीहरूको लाइसेन्स खारेज हुँदै गयो भने कतिपय एजेन्टको निधन हुँदै गयो । अहिले १७० जना एजेन्ट र एजेन्टले नियुक्त गरेको प्रतिनिधि ३५० छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्