काठमाडौं । राजावादी नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । पार्टी अध्यक्षमा पराजित भएका नेता थापाले राजावादी दल त्यागको घोषणा गरेका हुन् ।
“अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु ।३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु,” सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
उनले राप्रपा छाडेसँगै उनी कुन राजनीतिक दल प्रवेश गर्लान् भने चासोको विषय बनेको छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हिमचिम बढेकाले उनी एमाले प्रवेश गर्न सक्ने चर्चा चलेको छ ।
प्रतिक्रिया दिनुहोस्